भारतलाई पछि छोड़ेर शीर्ष स्थानमा पुग्यो न्यूजील्याण्ड

IMG-20240208-WA0089.jpg

दुबई: न्यूजल्याण्डले बुधवार माउण्ट माउंगानुईमा अनुभवहीन दक्षिण अफ्रिकालाई पहिलो टेस्ट म्याचमा २८१ रनले पराजित गऱ्यो। यस जीतको साथ न्यूजील्याण्डले दुईवटा टेस्ट म्याचको सीरीजमा १-०-को बढ़त मात्र हासिल नगरेर अष्ट्रेलिया र भारतलाई पछि छोड़ेर आईसीसी डब्ल्यूटीसी (वर्ल्ड टेस्ट च्याम्पियनशीप) तालिकामा पनि नम्बर एक टीम बन्ने गौरव हासिल गऱ्यो। वर्तमान डब्ल्यूटीसी चक्रमा अहिलेसम्म तीनवटा टेस्ट खेलेर दुईवटा जीत र एउटा हारको साथ न्यूजील्याण्डसँग अहिले ६६.६६ पीसीटी (प्रतिशत) रहेको छ। वर्तमान च्याम्पियन अष्ट्रेलिया ५५.०० पीसीटी-को साथ दोस्रो अनि दुईपल्ट फाइनलमा पुगेर दुवैपल्ट हार्ने भारत चाहिँ झरेर तेस्रो स्थानमा पुगेको छ। भारतसँग अहिले ५२.७७ पीसीटी रहेको छ।
रोहित शर्माको कप्तानीमा रहने भारतले सोमवार विशाखापट्टनममा खेलिएको दोस्रो टेस्ट म्याचमा ईंग्ल्याण्डलाई १०६ रनले पराजित गरी पाँचवटा टेस्ट म्याचको सीरीजमा १-१-को बराबरी हासिल गरेको थियो। साल २०२१-मा भएको डब्ल्यूटीसी फाइनलको पहिलो संस्करणमा केन विलियम्सको कप्तानीमा रहने न्यूजील्याण्ड विरुद्ध हारको सम्मुखीन हुने भारतीय टीमले अब फेरि शीर्षमा पुग्ने हरसम्भव प्रयास गर्नेछ। भारतले ईंग्ल्याण्ड विरुद्ध अझ तीनवटा टेस्ट म्याच खेल्नु छ। यसरी रोहितको टीम सीरीज जित्न सफल भए फेरि डब्ल्यूटीसी तालिकाको शीर्षमा पुग्नेछ। न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच दोस्रो टेस्ट म्याच १३ फरवरीदेखि हेमिल्टनको सेडोन पार्कमा खेलिनेछ। डब्ल्यूटीसी तालिकामा अहिले बंग्लादेश (५०.०० पीसीटी) चौथो अनि पाकिस्तान (३६.६६ पीसीटी) पाँचौं स्थानमा रहेको छ। यसरी न्यूजील्याण्ड विरुद्ध पराजित हुने दक्षिण अफ्रिका (३३.३३ पीसीटी) सातौं र भारत विरुद्ध दोस्रो टेस्टमा पराजित हुने ईंग्ल्याण्ड (२५.०० पीसीटी) आठौं स्थानमा रहेको छ।

About Author

Advertisement