पन्तले आईपीएल २०२४-मा खेले पनि विकेटकीपिंग नगर्ने

IMG-20240207-WA0176.jpg

मेलबर्न: दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक रिकी पण्टिंगले उनी रिषभ पन्त इण्डियन प्रीमियर लीग (आईपीएल)-को आउँदो सीजनमा खेल्ने विषयमा आश्वस्त भए पनि यस आक्रामक ब्याटरलाई विकेटकीपरको भूमिकामा देखिने सम्भावना चाहिँ कम्ती रहेको स्वीकार गरेका छन्। दिसम्बर २०२२-मा भएको भयावह कार दुर्घटनामा पन्तलाई गम्भीर चोट लागेको थियो। यसैकारण उनले लिगामेण्टको सर्जरी गराउनु परेको थियो। पण्टिंगले भने, आईपीएल-मा म्याच खेल्न फिट हुने कुरामा पन्तलाई पनि पूरा भरोसा छ। उनी टीममा कुन क्षमतामा रहनेछन् भन्ने विषयमा चाहिँ हामी अहिले सम्पूर्ण रूपले आश्वस्त छैनौं। उनी सक्रिय र आरामसँग घुमफिर गरिहेका छन्। आईपीएल शुरु हुन अब केवल ६ हप्ता समय बाँचेको छ। यसैकारण कम्तीमा यस साल उनलाई विकेटकीपिंग गराउनु मुश्किल छ। यही वास्तविकता हो।
प्रशिक्षक पण्टिंगले भने, हामी अहिले केवल पन्त खेल्नको निम्ति उपलब्ध रहोस् भन्ने आशा गर्न सक्छौं। उनले जम्मै म्याच नखेल्न पनि सक्छन् तर उनले १४ लीग म्याचहरूमा दशवटा खेले भने पनि टोलीको निम्ति बोनस हुनेछ। विकेटको पछि उभिएर आफ्नो भूमिका निर्वाह गर्न नसके पनि पन्त विशेषज्ञ ब्याटरको रूपमा खेल्न सक्छन् या फेरि उनलाई इम्प्याक्ट प्लेयर- को रूपमा प्रयोग गर्न सकिनेछ। आईपीएलको आउँदो सीजन मार्चको अन्तमा शुरु हुनेछ। पण्टिंगले भने, पन्तलाई अहिले प्रश्न गरियो भने उनी झटपट विकेटकीपिंग गर्नको साथै चौथो क्रममा ब्याटिंग गर्न राजी हुनेछन् तर हामी हतार गर्न चाहँदैनौं। यस मामिलामा धैर्य देखाउनु जरूरी छ। उनी असाधारण खेलाड़ी अनि स्पष्ट रूपले हाम्रो कप्तान हुन्। हामीलाई गत सीजनमा उनको कमी अनुभव भयो। कार दुर्घटनापछि उनले गत १२-१३ महिनामा कठोर मेहनत गरेका छन्। अहिले उनी म्याच फिट हुने गोरेटोमा अग्रसर छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement