आफ्नो चल्ती ब्याङ्क खाताबाट रुपियॉं गायब, चिन्तामा ग्राहक

कालचिनी: भविष्य सोँचेर ब्याङ्कमा पैसा बचत गर्नेहरूले अब सोँच्ने दिन आईसकेको छ| आफ्नो बचत तथा चालु खातामा राखिएको पैसा पनि अब ह्याकरहरूले निकाल्न थालेकोले ब्याङ्कमा पैसा जमा गर्नेहरूलाई बढ़ी चिन्ताले सताउन थालेको छ| आफ्नो चालू खातामा राखिएको पैसा यसरी गायब भएको घटना आज प्रकासमा आएको छ| हेमिल्टनगञ्ज निवासी मोहम्मद वसीर अन्सारी नामक एकजना व्यावसायीले हेमिल्टनगञ्ज स्थित एउटा ब्याङ्कको आफ्नो चालू (करेन्ट) खातामा राखेको ९८५०० रुपियॉं अचानक गायब रहेको थाह पाएपछि ब्याङ्कको शाखामा गएर यसको गुनासो गरेका थिए तर ब्याङ्कले तिनलाई पुलिसमा अभियोग गरेर त्यसको प्रतिलिपि ल्याएर मात्र केही बताउन सक्ने भनेपछि मोहम्मद वसीर अन्सारीले कालचिनी थानामा यसको लिखित अभियोग दर्ता गरेपछि ब्याङ्कले यसको लेनदेन विवरण देखाउँदै यो रकम तीन खेपमा आईएमपीएस मोबाइल ब्याङ्किङ मार्फत निकालिएको र यो रकम तिनले नै अरुको खातामा ट्रान्सफर गरेको बताएका थिए|
यता ग्राहक मोहम्मद वसीर अन्सारीले आफूले कतै पनि यो रकम कसैलाई ट्रान्सफर नगरेको र गरेको भए पञ्जिकृत मोबाइल नम्बरमा म्यासेज आउन पर्ने या त ओटीपी आउन पर्ने तर बिना ओटीपी र म्यासेज मेरो चालू खाताबाट ९८५०० रुपियॉं हराएकोमा आफै छॉंगोबाट झरेको सरह महसूस गरिरहेको जनाएका छन्| जुन ब्याङ्कमा खाता खोलेको थियो त्यस ब्याङ्कले भने जस्तो सहयोगिता नगरेको र मलाई मेरो हराएको रुपियॉं ब्याङ्कले भुगतान गर्नुपर्छ भन्दै यसको लागि आफू आन्दोलनमा ओर्लिन पनि तयार रहेको पीड़ित मोहम्मद वसीर अन्सारीले बताएका छन्| तिनले यस्तो पारा आफ्नो एकाउन्टमा राखेको पैसा पनि यदि सुरक्षित हुँदैन भने किन ब्याङ्कको आवश्यकता पर्नु भन्दै ब्याङ्कबाट आफ्नो पैसा झिक्दा त फिङ्गर प्रिन्ट आधारकार्ड हाबीजाबी ब्याङ्कलाई चाहिने तर पैसा यसरी एकाउन्टबाट हराउँदा चैँ ब्याङ्कले किन गम्भीरतापूर्वक विषयलाई नलिएको भनि प्रश्न तेर्साएको छ| यता पुलिस सुत्रले ब्याङ्कलाई ग्राहकको लेनदेनको विवरण साथै कहॉं र कसको खातामा यो पैसा पसेको छ त्यसको सम्पूर्ण विवरण प्रदान गर्ने निर्देश दिएको छ|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *