नेपाल जुडो संघलाई जापानद्वारा खेल सामाग्री हस्तानतरण

Screenshot_20240207_202118_Dailyhunt.jpg

काठमाडौं: जापानले नेपाल जुडो संघलाई खेल सामाग्री सहयोग गरेको छ। बुधबार काठमाडौंस्थित जापानी दुतावासमा आयोजित एकक र्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाल जुडो संघलाई २४० थान जुडो पोसाक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य र पदाधिकारीहरुको उपस्थिति थियो।
यस्तै २००८ को ओलम्पिकमा सहभागि जुडो खेलाडी तथान हाल प्रशिक्षक देवु थापा पनि उपस्थित थिए। यस बाहेक २०२६ मा जापानमा हुने आईची नागोया एसियन गेम्सका लागि तयारी गरिरहेका चार जुडो खेलाडी पनि उपस्थित थिए ।राजदुत किकुताले खेलाडीहरुलाई शुभकामना समेत दिए।जापान सरकारको खेलकुद कूटनीति अभिवृद्धि परियोजनाअन्तर्गत खेलकुदको माध्यमबाट जापान र उसका मित्र राष्ट्रहरूबीच आपसी समझदारी बढाउने कार्यक्रमअन्तर्गत अल जापान जुडो फेडेरेसन (एजेजेएफ) र जुडोज संस्थाले जुडो पोशाकहरू उपलब्ध गराएको हो।
यसले नेपालको भविष्यको रुपमा खेलाडीहरुको उत्साहलाई प्रोत्साहित गर्न, यसले सकारात्मक भूमिका खेल्ने विश्वास छ ।साथै जापानको सद्भावनाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँने जापानी दूतावासले जनाएको छ। जुडोजले नेपालमा जुडोको प्रवद्र्धनका लागि निरन्तर सहयोग गर्दै आएको छ। यसअघि एक अन्तर्राष्ट्रिय प्रशिक्षक र विश्व च्याम्पियन जुडो खेलाडी, जुडो खेल सामाग्री र जुडो हलमा प्रयोगको लागि टाटामी म्याटहरू प्रदान गरेको छ। यस्तै सन् २००२ मा जापानको मात्सुमोटो सिटी र काठमाडौं सिटीबीच भगिनी सहरको सम्बन्ध स्थापनाको दशौँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको बहुउद्देश्यीय मार्सल आर्ट सेन्टर (एमएमएसी) निर्माण भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *