आम चुनाउ २०२४ लाई लिएर तीन दिवसीय प्रशिक्षण शुरू

IMG-20230410-WA0169-11-300x172-3

गान्तोक: आम चुनाउ २०२४ लाई लिएर आजदेखि मुख्य निर्वाचन कार्यालयको सम्मेलन कक्षमा तीन दिवसीय प्रशिक्षण कार्यक्रम शुरू भएको छ। प्रशिक्षण कार्यक्रममा ४६ जना आरओ, एआरओ, नोडल अधिकारी तथा अन्य अधिकारीहरू सामेल रहेको बताइएको छ।

प्रशिक्षण कार्यक्रममा चुनाउ सम्बन्धित विषयहरूमाथि जानकारी गराइयो। मुख्य निर्वाचन अधिकारी, सिक्किम डी. आनन्दनको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा गेजिङ जिल्लाकी एडीसी परी बिस्नोई याङगाङका एसडीएम छिरिङ एन. थीङ स्रोत वक्ताका रूपमा उपस्थित थिए।

स्रोत वक्ताहरूले आम चुनाउ अवधि पालन गर्नु पर्ने महत्वपूर्ण नियम कानुनहरूको बारेमा जानकारी गराए। उनीहरूले नामाङ्कन, जॉंच, नामाङ्कन फिर्ता, चुनाउ चिन्ह वितरण, मतदान कर्मीहरू र मतदान व्यवस्थान सम्बन्धित विषयहरूमाथि प्रकाश पारेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement