घटिया गुणवत्ताको रासन वितरण गरिएकोमा ज्ञापन

कालचिनी: तृणमूल युवा मोर्चा मलंगी अञ्चलको पक्षबाट आज कालचिनी बीडीओ समक्ष भर्नाबारी चियाबारीमा वितरण हुने रासनको गुणवत्ता विषयमा एउटा ज्ञापन सुम्पिएको जानकारी तृणमूल युवा मोर्चा मलंगी अञ्चलको सभापति अंकित कुजूरले दिएका छन्। भर्नाबारी चियाबारीमा वितरण हुँदै आईरहेको रासन सामग्रीमा घटिया दर्जाको आँटा र चामल वितरण गर्दै आईरहेको र यसमा उद्यमी महिला संघ संलिप्त रहेको तृणमूल युवा कङ्ग्रेसको सदस्यहरुले जनाएका छन्।
पीडीएस रासन राज्य सरकारले राम्रो गुणमानको पठाईरहेको तर यता श्रमिकहरुलाई रासन डीलर रहेको एसएचजी क्लस्टर समूहले जहिले पनि जानवरले पनि खान नसक्ने गम्भीर आरोप लगाईएको छ। यता यस सम्बन्धमा कालचिनी खाद्य आपूर्ति विभागका अधिकारीले रासनको गुणमानलाई लिएर जुन अभियोग आएको छ यसबारे रासनको नमुनालाई प्रयोगशालामा जाँचको निम्ति पठाईने जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *