ईडी अधिकारीहरूमाथि भएको आक्रमणको जाँच सीबीआई र बंगाल पुलिसको संयुक्त एसआईटीले गर्नेछैन

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः कलकत्ता उच्च न्यायालयले पश्चिम बंगालमा पछिल्लो महिना प्रवर्तन निदेशालयका अधिकारीहरूमाथि भएको आक्रमणको जाँचको लागि केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) र राज्य पुलिसको संयुक्त विशेष जाँच दल (एसआईटी) गठन गर्ने एकल पीठको आदेशमाथि बुधवार रोक लगाइदियो। मुख्य न्यायाधीश टीएस शिवगणनमको अध्यक्षतामा रहेको खण्डपीठले ईडीको अपीलमा यो आदेश दियो।

ईडीले आफ्नो याचिकामा मामिलाको जाँच केवल सीबीआई मार्फत गराउने अपील गरेको थियो। कथित राशन वितरण घोटाला मामिलामा गत ५ जनवरीको दिन ईडीका अधिकारीहरूको एक टीम सन्देशखालीस्थित तृणमूल नेता शाहजहाँ शेखको आवासमा खानतलासी लिन गएको समय भीड़ले अधिकारीहरूमाथि आक्रणण गरेको थियो जसमा एजेन्सीका तीनजना अधिकारीहरू घाइते भएका थिए।

खण्डपीठले एकल पीठको निर्देशमाथि रोक लगाउने आदेश दियो। अदालतले निर्देश दियो, मामिलाको सुनवाई आगामी ६ मार्चमा पुनः हुनेछ। न्यायाधीश जय सेनगुप्ताको एकल पीठले आक्रमणको जाँचको लागि सीबीआई र राज्य पुलिसका एक-एकजना पुलिस अधीक्षक स्तरका अधिकारीको अध्यक्षतामा एसआईटी गठन गर्ने निर्देश दिएको थियो।

ईडीले आफ्नो याचिकामा दाबी गऱ्यो, राज्य पुलिसले स्वतन्त्र रूपमा जाँच गर्न सक्दैन, किनभने एकजना मन्त्री कथित रूपमा घोटालामा सामेल छन्। केन्द्रिय एजेन्सीको दाबी छ, यसमा दश हजार करोड़ रुपियाँको घोटाला भएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement