हरदा पटाका विस्फोटमाथि ममताद्वारा आक्रोश व्यक्त

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः मध्यप्रदेशको हरदामा भएको पटाका फ्याक्ट्री विस्फोटमा कैयौं मानिसहरूको मृत्यु र सयकड़ौं मानिसहरू घाइते भएको घटनालाई लिएर पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले दुःख व्यक्त गरेकी छन्। विस्फोटको घटनामाथि उनले गए मंगलवार अबेर राती ट्वीटमा आक्रोश व्यक्त गरिन्। ममता ब्यनर्जीले लेखिन्, “मध्यप्रदेशको हारदामा भएको दुर्भाग्यपूर्ण पटाका फ्याक्ट्री विस्फोटको बारेमा सुनेर दुःख लाग्यो। यसमा धेरैजना मानिसहरूको ज्यान गयो अनि कैयौं घाइते भएका छन्। मृतकका परिवारहरूप्रति संवेदना व्यक्त गरिरहेकी छु।”

उल्लेखनीय छ, मध्यप्रदेशको उक्त पटाका कारखानामा भएको विस्फोटमा ११ जना मानिसहरूको ज्यान गएको छ भने १७४ जना मानिसहरू घाइते भएको सूचना छ। यीमध्ये ३४ जनाको अवस्था गम्भीर छ। यस मामिलामा पटाका कारखानाका मालिक राजेश अग्रवाल सहित तीनजनालाई पक्राउ गरिएको छ। अग्निशमन विभागका ४० वटा वाहनहरूलाई पनि आगो निभाउनको लागि घण्टौंसम्म संघर्ष गर्नुपऱ्यो।

राज्य सरकारले मृतकका परिवारलाई चार-चार लाख रुपियाँ अनि घाइतेहरूलाई दुई-दुई लाख रुपियाँ सहायता राशि प्रदान गर्ने घोषणा गरेको छ। हालैमा पश्चिम बंगालका केही पटाका कारखानाहरूमा पनि विस्फोट भएको थियो जसमा धेरैजनाको मृत्यु भएको थियो। यसै त पटाका निर्माणको मामिलामा तमिलनाडु देशमै नम्बर वान छ। सूत्रले बताएको छ, अवैध पटाका कारखानाको मामिलामा बंगाल पनि पछि छैन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement