कोलकाताः प्राथमिक भर्ती भ्रष्टाचार मामिलामा ईडीले कोलकाता नगरनिगम पार्षद बप्पादित्य दासगुप्तालाई बोलाएको छ। उनलाई बिहीवार सीजीओ कम्प्लेक्समा बोलाइएको छ। बप्चालाई भर्ती भ्रष्टाचार मामिलामा जेलमा थुनिएका राज्यका पूर्व शिक्षामन्त्री मार्थ च्यटर्जीको निकटवर्ती मानिन्छ। तृणमूल सूत्रले दाबी गऱ्यो, बप्पाको पूर्व शिक्षामन्त्रीको घरमा आउ-जाउ हुन्थ्यो।
यसपूर्व प्राथमिक भर्ती भ्रष्टाचार मामिलामा सीबीआईले बप्पाको घरको खानतलासी गरेको थियो भने यस अवधि मामिलासित सम्बन्धित केही कागजपत्रहरू जफत गरेको थियो। सीबीआई अधिकारीहरूले बप्पालाई फेरि बोलाएर जाँचबुझ गरेको थियो। सूत्र अनुसार बप्पाको घरबाट लगभग १०० पृष्ठको कागजपत्र जफत गरिएको थियो जसलाई जाँचकर्ताहूरले आफूसित लिएर गएका थिए। सिफारिस पत्र र प्रवेश पत्र पनि फेला परेको थियो। यहाँसम्म कि उनीसित पार्थ च्यटर्जीसित सम्बन्धित प्रश्न पनि सोधिएको थियो। यद्यपि प्रवर्तन निदेशालयले बप्पालाई बोलाएको यो पहिलो पटक हो।
ईडी सूत्र अनुसार पार्थका निकटवर्की यस तृणमूल पार्षदलाई त्यै मामिलामा बोलाइएको हो जसमा पार्थ च्यटर्जीलाई पक्राउ गरिएको थियो। उनलाई आफ्नो आयकर रिटर्न, ब्याङ्क खाता संख्या र अन्य केही कागजपत्रहरूसितै बिहीवार ईडी कार्यालयमा उपस्थित हुने निर्देश दिइएको छ।
तृणमूलको आन्तरिक सूत्र अनुसार बप्पादित्यको पार्थ च्यटर्जीसित वर्ष २००६-मा पहिलो बातचित भएको थियो जतिबेला च्यटर्जी इण्डिया पावर कर्पोरेशन लिमिटेडमा काम गर्थे। त्यसपछि दुईमाझ मित्रता बढ़्दै गयो। बप्पादित्यले त्यहाँ एचआरको रूपमा काम गर्थे। वास्तवमा बप्पादित्यले पार्थ च्यटर्जीलाई आफ्नो गुरू मान्दछन्।
-हिस