कामाख्यागुड़ी खुदीराम बोस कलेजमा सेफ ड्राइभ सेभ लाइफ सचेतना कार्यक्रम

कालचिनी: कुमारग्राम खण्डको कामाख्यागुड़ी स्थित खुदीराम बोस कलेजमा आज बाराबिसा ट्राफिक गार्डको आयोजनामा राज्य पुलिस विभागको फ्लेगशिप कार्यक्रम सेफ ड्राइभ सेभ लाइफ सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारी बाराबिसा ट्राफिक गार्डको प्रभारी लाक्पा लामाले दिएका छन। आज उक्त कलेजमा विद्यार्थीहरूलाई समेटेर रोड सेफ्टी र मोटर भेकल नियमबारे बताईएको थियो भने वाहन र मोटरबाइक हाँक्दा लिनुपर्ने सतर्कता बारे बताईएको थियो।
ट्राफिक गार्ड प्रभारी लाक्पा लामाले लगातार ट्राफिक गार्ड द्वारा सेफ ड्राइभ सेभ लाइफको सचेतना कार्यक्रम गर्दै आईरहेको र यसलाई निरन्तरता दिन क्रममा नै आज बाराबिसा कलेजमा कलेजिएट विद्यार्थीहरुलाई राखेर यो कार्यक्रम सम्पन्न गरिएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement