जोरबङ्ग्लो: जोरबङ्ग्लो सिञ्चेल डायरी क्षेत्रमा भएको हत्याको २४ घण्टा नबित्दै पुलिसले दुईजना आरोपीलाई पक्राउ गर्न सफल भएको छ। जोरबङ्ग्लो थाना अन्तगर्त सिञ्चेल डायरी क्षेत्रमा हिजो बिहीवार गाडीधुराको बीचगाँउ निवासी ३९ वर्षीय सुवास गुरूङको धारिलो हतियारले हिर्काएर हत्या गरिएको थियो। उक्त हत्याकाण्डका दुई आरोपी सुरेन कार्की (४९) र रोहित राई (४१) लाई पुलिसले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुरेन कार्की सिञ्चेल डायरी नजिक निवासी हुन भने दोस्रो आरोपी रोहित राई त्यसै क्षेत्र निवासी रहेको बताइको छ।