गोपाल लामा भागोप्रमोमा सामेल

IMG-20240207-WA0166.jpg

हामीलाई मार्गनिर्देश गर्ने एक असल सल्लाहकार चाहिएको छ जसको गोपाल लामाले पूरा गर्नेछ: अनित थापा

सिलगढी: अन्तत: पूर्व प्रशासनिक अधिकारी गोपाल लामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। पिन्टेल भिलेजमा आयोजित बीजीपीएमको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा गोपाल लामा पार्टीमा सामेल भएका छन्। उनलाई पार्टी अध्यक्ष अनित थापाले खादा अर्पण गरी पार्टीमा सामेल गराएका छन्। पार्टीलाई एक असल सल्लाहकार चाहिएको छ जुन गोपाल लामा रूपमा पूरा भएको छ अनि लामालाई स्वागत गर्दै अनित थापाले आफ्नो फेसबुक पोस्टमा भनेका छन् – ‘पहाड अनि समतलका मानिसहरूका प्रिय अधिकारी, कुशल व्यवस्थापक अनि जमीनसँग टाँसिएको व्यक्ति हुनुहुन्छ गोपाल लामा। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा एक समावेशी सोच राखेर समाजका सबै वर्गका मानिसहरूलाई लिएर राजनीति गर्ने पहाडको एक शक्तिशाली राजनैतिक दल हो। लामाको लामो अनुभव अनि बौद्धिकता हाम्रो पहाडलाई चाहिएको छ। हामीलाई मार्गनिर्देश गर्ने एक असल सल्लाहकार पनि चाहिएको छ। हाम्रो अनुरोधलाई स्वीकार गरेर आज गोपाल लामा भागोप्रमोमा सामेल हुनुभएको छ। पार्टीका केन्द्रीय कार्यकारिणी सदस्यहरूको उपस्थितिमा आज हामीले उहाँलाई परिवारमा स्वागत गरेका छौं।’
भागोप्रमोमा सामेल पश्चात गोपाल लामाले एक भिडियो सन्देशमार्फत पार्टीको अनुरोध स्वीकार्नुको कारण बताउँदै भने, “भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले दिनु भएको पदभारलाई मैले स्वीकार गरे। मैले स्वीकार गर्नुको मुख्य कारणहरूमा पहिलो, हाम्रो मानिसले वर्षौदेखि पाउनु नसकेको जमीनको अधिकारलाई दिलाउने कार्य अनित थापाले गर्नु भयो। हाम्रो मानिसहरू यस अधिकारदेखि वञ्चित थिए। म स्वयं भूमि सुधार विभागमा कार्यरत थिए। जमीन कति मूल्यवान छ त्यो म जान्दछु। दोस्रो, उहाँले पञ्चायतीराज पहाडमा फर्काई ल्याउनु भयाे। अनित थापाको नेतृत्वमा जति पनि कामहरू भईरहेको छ अति नै राम्रो काम भईरहेको छ। उहाँहरूसँग मिलेर अझ कसरी राम्रो काम गर्नु सकिन्छ भनी मैले आज पार्टीले दिएको पदभार स्वीकार गरे।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *