कालचिनीः अलिपुरद्वार जिल्लाको बक्सा टाइगर रिजर्भ अन्तर्गत शिकारको आधार क्षेत्र बढाउन र वन्यजीवको बासस्थान सुधार गर्न बुधबार वन अधिकारीहरू र बक्सा ब्याघ्र प्रकल्पको पशु चिकित्सक टोलीको उपस्थितिमा कोर जोनमा ५२ वटा थोप्ले मृग सफलतापूर्वक छाडिएको जानकारी बक्सा ब्याघ्र प्रकल्प पश्चिमका डीएफडी प्रवीण कासवानले जनाएका छन्। छाडिएका मृगहरूलाई नादिया-मुर्शिदाबाद डिभिजन अन्तर्गत नादियाको बेथुवादहारी वन्यजीव अभयारण्यबाट दुई ठूला सवारी साधनहरूमा बक्सा ब्याघ्र प्रकल्पमा स्थानान्तरण गरिएको थियो।
शिकार आधार वृद्धि (प्रे बेस अगमेन्टेशन) बक्सा ब्याघ्र प्रकल्पको टाइगर रिजर्व अन्तर्गत एक चलिरहेको परियोजना हो भने समय समयमा यहाँ थोप्ले मृगहरू छोडने प्रक्रिया जारी रहने बक्सा ब्याघ्र प्रकल्पको अधिकारीहरूले जनाएका छन्।
उल्लेखनीय छ, बक्सा ब्याघ्र प्रकल्पमा रोयल बंगाल बाघको उपस्थिति रहेको र अझै थप रोयल बंगाल बाघ ल्याएर छाडिने योजना बन विभागको रहेको छ भने बाघको खाद्य उपलब्ध गराउनलाई पनि धेरै संख्यामा थोप्ले मृगहरू छाडिने प्रक्रिया जारी रहेको पर्यवेक्षकहरूले अनुमान लगाएको छ।