१७ फरवरीमा अरविन्द केजरीवाललाई कोर्टमा पेश हुने आदेश

arvind_kejriwal_1707299850.jpg

नयाँ दिल्ली: दिल्लीको राउज एभेन्यू कोर्टले दिल्ली आबकारी घोटाला मामिलामा मुख्यमन्त्री अरविन्द केजरीवालद्वारा ईडीको समनलाई लगातार अदेखा गरिएपछि अब उनलाई आगामी १७ फरवरीमा कोर्टमा पेश हुने निर्देश दिएको छ। सो आदेश एडिशनल मेट्रोपोलिटन मजिस्ट्रेट दिव्या मल्होत्राले दिएकी हुन्।

कोर्टले भन्यो, कोर्टले ईडीको सिकायतमा संज्ञान लिरहेको छ। कोर्टले आज बिहान आफ्नो फसेलालाई सुरक्षित राखेको थियो। सुनवाई अवधि ईडीको पक्षबाट पेश एएसजी एसवी राजुले कोर्ट समक्ष भनेका थिए, केजरीवालले लगातार समनलाई अदेखा गरिरहेका छन्। ईडीले मनी लण्ड्रिङ्ग कानूनको धारा ५० अन्तर्गत केजरीवाललाई पाँच पटकसम्म समन पठाइसकेको छ, तर पाँचै पटक उनले समनलाई अदेखा गर्दै ईडी समक्ष पेश भएनन्। कोर्टले ईडीका तर्कहरू सुनेपछि फसेला सुरक्षित राखेको थियो।

उल्लेखनीय छ, आबकारी घोटाला मामिलामा पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया, राज्यसभा सदस्य सञ्जय सिंह न्यायिक हिरासतमा छन्। सञ्जय सिंहको जमानत याचिकालाई राउज एभेन्यू कोर्टले खारेज गरिसकेको छ जसपश्चात उनले दिल्ली हाई कोर्टमा याचिका दर्ता गराएका छन्। सिसोदियाको जमानत याचिका सुप्रीम कोर्टमा पनि खारेज भइसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *