मन्दिरबाट आभूषण चोरीकाे आराेपमा दुईजना पक्राउ

photocollage_2024271858327.jpg

सिलगढ़ी: प्रधाननगर थानाको पुलिसले काली मन्दिरबाट सुनका आभूषणहरू चोरी भएको मामिलामा दुईजना आरोपीलाई पक्राउ गरेको छ। आरोपीहरूको नाम विजय र प्रदीप हो। पुलिस सूत्र अनुसार बितेको मंगलवार समननगर निवासी गोविन्द राय घरमै अवस्थित माँ कालीको मन्दिरमा पूजा गर्न गएका थिए, यस अवधि उनले मन्दिरबाट सुनका आभूषणहरू गायब भएको पाए। त्यसपछि उनले प्रधाननगर थानामा सिकायत दर्ता गराए। सिकायतको आधारमा पुलिसले त्यै राती विजयलाई पक्राउ गऱ्यो।

आरोपी विजयसित जाँचबुझ गर्दा थाहा लाग्यो कि विजयले आफ्नो एकजना साथी मिलेर मन्दिरमा चोरी गरेको थियो। चोरी गरेपछि यिनीहरूले सुनको आभूषण एक सुन पसलमा बेचे। त्यै आधारमा पुलिसले पसल मालिक प्रदीपलाई पनि पक्राउ गऱ्यो। पुलिसले बताए अनुसार एकजना आरोपी भागेको छ जसको खोजी कार्य पुलिसले जारी राखेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement