कालेबुङ: आज प्लास्टिकको प्रयोग बन्द गर्ने अभियानमा कालेबुङको कफेरस्थित सैलुङ बजारमा एउटा सचेतना ऱ्यालीको आयोजना गरियो। कफेर स्वनिर्भर समुह, सन्त स्टेफन्स एकाडेमी अनि कालेबुङ खण्ड-१ कार्यालयको संयुक्त आयोजनामा उक्त सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो। पर्यावरणलाई स्वच्छ राख्न प्लास्टिकको प्रयोग बन्द गर्नुपर्ने बताउँदै सन्त स्टेफन्स एकाडेमीका प्राचार्य फादर फिलिक्स डिसोजाले विद्यार्थीहरूलाई अनि जनसाधारणलाई सचेत गराउँदै अरुलाई पनि यसबारे सचेत गराउने बताए।