चीन र पाकिस्तानलाई सोशल मीडियाको ओटीपी बेचने पक्राउ

07dl_m_65_07022024_1.jpg

काेलकाता: पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ)-ले नक्कली सिम कार्ड अनि सोशल मीडियाको माध्यमबाट आउने ओटीपीलाई चीन, पाकिस्तानमा बेच्ने गिरोहका एक मुखियालाई हिमाचल प्रदेशबाट पक्राउ गरेको छ।

पुलिसको कब्जामा परेको व्यक्तिको नाम गौरव शर्मा हो। 35 वर्षीय गौरवलाई हिमाचल प्रदेश पुलिसको सहयोगमा पक्राउ गरिएको थियो भने गत सोमवा राती नै पुलिस उसलाई लिएर कोलकाता आइपुगेको छ।

एसटीएफका एसपी आईपीएस इन्द्रजित बसुले बुधवार बिहान बताए, केही साताअघि मुर्शिदाबाद, हुगली र वर्दमान सहित राज्यका अन्य भागहरूमा छापा मारेर नौजना यस्ता मानिसहरूलाई पक्राउ गरिएको थियो जसले नक्कली आईडीको माध्यमबाट सिम कार्ड खरिद गरी त्यसैको माध्यमबाट व्हाट्सएप, टेलीग्राम, फेसबुक समेत अन्य सोशल मीडिया ऐपको ओटीपी जनरेट गर्ने गर्थ्यो। यिनीहरूसित जाँचबुझ गरिएपछि एक अन्तर राज्यीय गिरोहको बारेमा जानकारी हात लाग्यो। त्यै अऩुरूप हिमालच प्रदेशमा छापा मारेर गौरवलाई पक्राउ गरियो।

थाहा लागे अनुसार यिनीहरूले भारतीय सिम कार्डको माध्यमबाट सोशल मीडिया ओटीपी जनरेट गर्थे अनि त्यसलाई किनबेच गर्नको लागि क्रिप्टोकरन्सी तथा अलग-अलग नक्कली सिम कार्डको माध्यमबाट बनाइएको यूपीआई आईडीलाई प्रयोग गरेछ। यस डाटालाई विश्वका विभिन्न देशहरूमा बेचिन्थ्यो जसको प्रयोग अऩलाइन ठगी र फेक एकाउण्ट्सको माध्यमबाट किनमेलको लागि हुन्थ्यो। पुलिसले गौरवसित जाँचबुझ गरेर सम्पूर्ण गिरोहको बारेमा बुझ्ने प्रयास गरिरहेको छ। उसको अरू साथीहरूको बारेमा पनि पत्तो लगाइँदैछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *