शीर्षमा पुगेर इतिहास रचे जसप्रीत बुमराहले

IMG-20240207-WA0148.jpg

दुबई: ईंग्ल्याण्ड विरुद्ध दोस्रो टेस्ट म्याचमा असाधारण प्रदर्शन गर्ने जसप्रीत बुमराहले यसपाली इतिहास रचेका छन्। बुमराह आईसीसी टेस्ट ऱ्याङकिंगको शीर्ष स्थानमा पुग्ने पहिलो भारतीय पेस बलर बनेका छन्। विशाखापट्टनमा खेलिएको दोस्रो टेस्टमा जम्मा ९ विकेट लिएर यस पेस बलरले अष्ट्रेलियाका प्याट कमिन्स, दक्षिण अफ्रिकाका कगिसो रबाडा र आफ्नै देशका रविचन्द्रन अश्विनलाई पछि छोड़ेका छन्। यसरी उनी टेस्ट बलरहरूमा ऱ्याङकिंगमा शीर्षमा पुग्ने देशका चौथो खेलाड़ी हुन्। यसअघि बिशन सिंह बेदी, अश्विन र रविन्द्र जडेजा टेस्ट बलरहरूका ऱ्याङकिंगमा शीर्ष स्थानमा पुगेका थिए।
टेस्ट बलरहरूमा ऱ्याङकिंगमा बुमराहले साथी खेलाड़ी अश्विनको स्थान लिए, जो गत ११ महिनादेखि शीर्षमा रहेका थिए। टेस्ट क्रिकेटमा ४९९ विकेट लिने अश्विन झरेर तेस्रो स्थानमा पुगेका छन्। बुमराहसँग अहिले ८८१ रेटिंग पोइण्ट्स रहेको छ। टेस्ट बलरहरूका ऱ्याङकिंगमा सर्वाधिक पोइण्ट्स हासिल गर्ने मामिलामा उनी अश्विन (९०४) र जडेजा (८९९) पछि चौथो स्थानमा रहेका छन्। अश्विन र जडेजा मार्च २०१७-मा संयुक्त रूपले शीर्षमा थिए। ब्याटरहरूका ऱ्याङकिंगमा विशाखापट्टनम टेस्टमा दोहोरो शतक बनाउने भारतका ओपनिंग ब्याटर यशस्वी जयसवाल ३७ स्थान अघि बढ़ेर २९औं स्थानमा पुगेका छन् जबकि दोस्रो ईनिंग्समा शतक बनाएपछि शुभमन गिल १४ स्थान अघि बढ़ेर करियरको सर्वश्रेष्ठ ३८औं स्थानमा पुगेका छन्। ईंग्ल्याण्डका ओपनिंग ब्याटर ज्याक क्राउली दोस्रो टेस्टपछि ८ स्थान अघि बढ़ेर २२औं स्थानमा पुगेका छन्। उनले भारत विरुद्ध दोस्रो टेस्ट म्याचको दुईवटा ईनिंग्समा ७६ र ७३ रन बनाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *