सिलगढी: एनजेपी पुलिस थानाले चोरी भएको रकम बरामद गरी मालिकलाई बुझाएको छ। गेट बजार क्षेत्रमा रहेको शुक्ला मण्डल नामकी महिलाको स्कुटरबाट ६० हजार रुपियाँ चोरी भएको बताइएको छ। घटनापछि महिलाले एनजेपी थानामा लिखित उजुरी दिएकी थिइन्। उजुरीका आधारमा अनुसन्धानमा जुटेको पुलिसले मटीगडा क्षेत्रका चन्दन ग्वाला नामका व्यक्तिलाई पक्राउ गरेको हो। आरोपीसँग सोधपुछ गरेपछि पुलिसले पैसा चोरेर आरोपी बेंगलुरुमा लुकेर बसेको थाहा पाए। पछि उनी सिलगढी आएपछि पुलिसले उनलाई मंगलबार पक्राउ गरेको थियो। लुटिएको पैसा पनि बरामद भएको छ। अभियुक्तलाई आज अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।