हर घर तिरङगा अभियानमाथि गेजिङ जिल्लामा सभा सम्पन्न

गान्तोक: आजादीका अमृत महोत्सव अन्तर्गत पालन गरिने हर घर तिरङ्गा अभियानलाई सफल तुल्याउने उद्देश्यले समीक्षा सभा सम्पन्न भयो। गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाको अध्यक्षतामा सम्पन्न भएको सभामा विभिन्न विभागका प्रमुखहरूले सहभागिता जनाएका थिए। उक्त सभामा विशेष गरेर देश स्वतन्त्रता भएको ७५औं वर्षगाँठको अवसरमा देशभरि नै अमृत महोत्सव पालन गर्दै आइरहेको छ भने यसै अन्तर्गत हर घर तिरङगा अभियान शुरू गरेको र यस अवसरमा सबैले आफ्नो घरमा तिरङगा झण्डा लगाउनु पर्ने बताए। आगामी १३-१५ अगस्तसम्म हर घर तिरङ्गा हुनु पर्ने र यसको निम्ति सबैले आफ्नो तर्फबाट पहल गर्नुपर्ने आग्रह गरे। सभालाई सम्बोधन गर्दै जिल्लापाल योङदाले राष्ट्रीय झण्डा गेजिङ बजार, पेलिङ बजार साथै विभागको कार्यालय र आम मानिसहरूले पनि आफ्नो घरमा लगाउनु पर्ने विषयमा सुझाउ दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement