समथारको छोरो शङ्करको बलिउडमा पर्दार्पण

IMG-20220520-WA0164.jpg

गोरूबथान: समथार एक सुन्दर मनोहर स्थान हो। यहाँबाट देखिने सुन्दर दृ्श्यवोलकन साँच्चै मनोहर छ। यसै ठाउँको छोरो हुन् शंकर भुजेल। लोवर समथार निवासी पिता तिलक भुजेल र माता सुमित्रा भुजेलका कान्छा पुत्र शङ्कर एकजना कलाकार हुन्। समथारका एकजना उज्ज्वल प्रतिभा हुन् शङ्कर भुजेल।जीवन सङ्घर्षले पुर्ण छ। तर संघर्षको सामना गर्न जसले सक्छ उसले सफलता हासिल गर्छ भन्ने उक्तिलाई चरितार्थ पार्दै हालमा उनी मुम्बईको “जोइन्ट फ्लिम ” र मुम्बा थिएटर ” बाट फिल्म सम्बन्धी प्रशिक्षण लिइरहेका छन्। भर्खरमात्र उनी “दारु चोर”नामक लघु चलचित्रबाट बलिउड जगतमा आफ्नो यात्रा शुरु गरिसकेका छन्। उनले आजसम्म जम्मा सातवटा लघु चलचित्रमा अभिनय गरिसकेका छन्। जसमा दारु चोर, ब्लाइन्डफोल्ड, साहिब और गुलाम, पुलिस हाउस, फ्रेन्डस मम, बोयफ्रेन्ड चिट गर्लफ्रेन्ड हुन्।

यसका साथै उनले एउटा यार दोस्त नामक वेव सिरिजमा पनि अभिनय गरिरहेका छन्। यो वेभ सिरिज चाडै प्रदर्शनीमा आउने उनले थप जानकारी दिएका छन्। गोर्खे छोरोलाई उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement