जसप्रीत बुमराहलाई सम्हाल्ने तरिका खोजेर निकल्ने दावी गरे म्याककुलमले

IMG-20240207-WA0111.jpg

नयाँ दिल्ली: ईंग्ल्याण्ड क्रिकेट टीमका मुख्य प्रशिक्षक ब्रेण्डन म्याककुलमलाई उनका खेलाड़ीहरूले अनुभवी भारतीय पेस बलर जसप्रीत बुमराहलाई काबूमा ल्याउने तरिका खोजेर निकाल्ने आशा रहेको छ। न्यूजील्याण्ड क्रिकेट टीमका पूर्व कप्तान म्याककुलम खेलाड़ीको रूपमा स्वयं पनि आक्रामक ब्याटर थिए। भारत विरुद्ध टेस्ट सीरीजका रहल म्याचहरूमा बुमराहलाई सम्हाल्ने उपायबारे प्रश्न गरिँदा म्याककुलमले उनको टीमले सिद्धान्तहरूमाथि विश्वास नगर्ने तर कुनै उपाय अवश्यै खोजेर निकाल्ने दावी गरे। बुमराहले विशाखापट्टनममा खेलिएको दोस्रो टेस्टको पहिलो इनिङ्ग्समा ६ विकेट हासिल गरी अति आक्रामक ब्याटिंग गरिरहेका ईंग्ल्याण्डका ब्याटरहरूलाई ब्याकफूटमा ठेलेका थिए। उनले दोस्रो ईनिंग्समा पनि ३ विकेट लिएका थिए। यसैकारण ईंग्ल्याण्डले दोस्रो टेस्टम १०६ रनले हारको सामना गर्नु परेको थियो।
म्याककुलमले एउटा साक्षात्कारमा भने, हामी वास्तवमा सिद्धान्तहरूमाथि काम गर्दैनौं। टीमका खेलाड़ीहरू वर्तमान समयमै रहोस् अनि आफ्नो तक्निकमाथि भरोसा गरेर खेलोस् भन्ने मात्र हामी सुनिश्चित गर्न चाहन्छौं। धेर सोचेर केही फाइदा हुँदैन। यस मामिलामा उनीहरू धेरै असल छन् अनि उनीहरूले यसलाई (बुमराहको घातक बलिंग) सम्हाल्ने तरिका पनि अवश्यै खोजेर निकाल्नेछन्। यसबारे उनीहरूका तरिका एकदमै अलग हुनसक्छ। अहिलेको निम्ति हामीले बुमराहको प्रशंसा गर्नु पर्नेछ कारण त्यो स्पेल (दोस्रो टेस्टको पहिलो ईनिंग्स) असाधारण थियो। म्याककुलमले बुमराहको कौशलको प्रशंसा गर्दै भने, उनीसँग हरेक परिस्थितिमा बलिंग गर्ने क्षमता रहेको छ। यसबाहेक बल स्विंग भए उनी झन् घातक बन्छन्। उनी असाधारण बलर हुन्। उनी आफ्नो थरीको एकमात्र बलर हुन् अनि हावाबाट धेरै स्विंग हासिल गर्छन्। हामीले पनि गत १८ महिनामा धेरै असल बलिंग आक्रमणको सामना गरेका छौं। यसैकारण हामी उपाय खोजेर निकाल्नेछौं। उल्लेखनीय छ, भारत र ईंग्ल्याण्डबीच पाँचवटा टेस्ट म्याचको सीरीज अहिले १-१-को बराबरीमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement