एक हजारवटा वनडे खेल्ने दोस्रो टीम बन्यो अष्ट्रेलिया

IMG-20240207-WA0096.jpg

केनबरा: अष्ट्रेलियाई क्रिकेट टीम मेनुका ओवल मैदानमा खेलिएको तेस्रो म्याचमा वेष्ट इण्डिजलाई पराजित गर्नको साथै १००० वटा वनडे इण्टरनेशनल म्याच खेल्ने दोस्रो टीम बन्यो। वेष्ट इण्डिज विरुद्ध टेस्ट सीरीज १-१-को बराबरीमा समाप्त भएपछि अष्ट्रेलियाई टीमले असाधारण पुनरागमन गर्दै वनडे सीरीज ३-०-ले क्लीन स्वीप गऱ्यो। सर्वाधिक वनडे इण्टरनेशनल म्याच खेल्ने टीमहरूका सूचीमा भारत शीर्षमा रहेको छ। भारतले जम्मा १०५५ वटा वनडे म्याच खेलेको छ। यसमा टीमले ५५९ वटा म्याच जितेर ४४३ वटा हारेको छ जबकि ९ वटा म्याच टाई रह्यो। यसरी ४४ वटा म्याचमा कुनै परिणाम हासिल (नो रिजल्ट) भएन। यस अवधि भारतको जीतको प्रतिशत ५२.९८ रह्यो। यसरी अष्ट्रेलियाले १००० वटा म्याच खेलेर ६०९ वटा जितेर ३५८ वटा हारेको छ। अष्ट्रेलियाई टीमको जीत प्रतिशत सबै टीमहरूमा सर्वश्रेष्ठ (६०.९०) रहेको छ।
सर्वाधिक वनडे म्याच खेल्ने टीमहरूका सूचीमा पाकिस्तान (९७०) तेस्रो, श्रीलंका (९१२) चौथो, वेष्ट इण्डिज (८७३) पाँचौं, न्यूजील्याण्ड (८२४) छैटौं र ईंग्ल्याण्ड (७९७) सातौं स्थानमा रहेको छ। अष्ट्रेलियाको निम्ति १००० वटा वनडे म्याचको यात्रा निक्कै सुखद पनि रहेको छ। यस अवधि टीमले ६ पल्ट वर्ल्ड कप, दुईपल्ट च्याम्पियन्स ट्रफी र अनगन्ती सीरीज जित्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *