भारत नवौंपल्ट आईसीसी अण्डर-१९ वर्ल्ड कपको फाइनलमा

IMG-20240206-WA0224.jpg

बेनोनी: भारतले मंगलवार खेलिएको चरम रोमाञ्चक पहिलो सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरी नवौंपल्ट आईसीसी अण्डर-१९ वर्ल्ड कपको फाइनलमा स्थान बनायो। पेस बलर राज लिम्बानीको विध्वंशी बलिंगपछि चरम दबाउको परिस्थितिमा सचिन धास (९६ रन) र कप्तान उदय साहरन (८१ रन) को अर्द्धशतकीय इनिङ्ग्सको दममा भारतले आयोजक टोलीको वाधालाई पार गऱ्यो। यहाँको विलोमूर पार्कमा टस हारेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर २४४ रन बनायो। ओपनर ल्हूआन-द्रे प्रिटोरियसले सर्वाधिक ७६ र रिचार्ड सेलेट्सवानेले ६४ रन बनाए। भारतीय बलरहरूमा लिम्बानीले सर्वाधिक ३ विकेट लिए जबकि अलराउण्डर मुशीर खानले पनि २ विकेट हासिल गरे। चुनौतीपूर्ण लक्ष्यलाई पिछा गर्दै भारतले एक समय केवल ३२ रनमा ४ विकेट गुमाइसकेको थियो तर सचिन र उदयबीच पाँचौं विकेटको निम्ति १७१ रनको साझेदारीको दममा भारत जीतको संघारमा पुग्यो। यसरी भारतले ४८.५ ओभरमा ८ विकेटको नोक्सानमा २४८ रन बनाएर म्याच जित्नको साथै फाइनलमा स्थान बनायो। लिम्बानी १३ रनमा अविजित रहे। सचिन धासले ९५ बल खेलेर ११ वटा चौका र एउटा छक्का लगाए। यसरी उदयले १२४ बल खेलेर ६ वटा चौका लगाए। अन्तसम्म टीमलाई सम्हाल्ने उदय साहरनलाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *