काठमाडौं आउँदै बलिउड गायक आतिफ असलम

65b8b49231b3f-pak-singer-atif-aslam-303424947-16x9-1.jpg

काठमाडौं: सांगीतिक प्रस्तुतिका लागि चर्चित पाकिस्तानी तथा बलिउड गायक आतिफ असलम नेपाल आउने भएका छन्। आगामी १२ अप्रेल नेपाली नयाँवर्षको पूर्वसन्ध्यामा उनले काठमाडौंको हायात रिजेन्सीको मैदानमा प्रस्तुति दिन लागेका हुन्।
ट्यारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनले उनलाई कन्सर्टका लागि नेपाल ल्याउन लागेका हुन्। कम्पनीका सीईओ जितबहादुर लामाले अर्का एक चर्चित भारतीय कलाकार पनि नेपाल आउन लागेको बताए । यो घोषणा केही दिनमा गरिने जनाइएको छ। ११ अप्रेल नेपाल आइपुग्ने गायक असलमले कन्सर्टसँगै नेपालको पर्वतीय उडान र नेपालका सम्पदा भ्रमण गर्ने कार्यक्रम छ। ‘कन्सर्टका लागि अत्याधुनिक ध्वनि उपकरण पनि विदेशबाट आउनेछ। व्यवस्थित ढंगले कन्सर्ट हुनेछ,’ लामाले अनलाइनखबरसँग भने, ‘अर्का एक इण्डियन आर्टिस्ट पनि आउनुहुनेछ।’
यो कन्सर्टको टिकट पार्टनरको रुपमा खल्ती डिजिटल वालेट रहेको छ। आतिफको यो दोस्रो नेपाल कन्सर्ट हुनेछ। यसअघि सन् २०१२ मा पनि काठमाडौंको दशरथ रंगशालामा सांगीतिक प्रस्तुति दिएका थिए।
१२ अप्रेल र १४ अप्रेल हुने कार्यक्रममा नेपाली कलाकारले पनि कन्सर्ट प्रस्तुत गर्ने भएका छन्। नयाँवर्षको पहिलो दिन फुड फेस्टिभल पनि हुने भएको छ। सात वर्ष लामो ग्यापपछि आतिफ असलमले बलिउडमा पुनरागमन गर्न लागेको खबर गत साता सार्वजनिक भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *