भारतसँग पराजित हुँदै नेपाल साफ यू-१९ महिला फुटबलबाट बाहिरियो

INDNEP-3-800x500.jpg

काठमाडौं: साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतसँग ४-० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो हाफ शून्यको बराबरीमा सकिए पनि खेलको दोस्रो हाफमा भारतले ४ गोल गरेको हो। भारतका लागि खेलको ५४ औं मिनेट र ८१ मिनेटमा नेहाले गोल गरिन्। ८६औं मिनेटमा सुलन्जना राउलले र त्यसपछि सिन्डी कोनीले गोल गर्दै नेपाललाई ४–० ले पछि पारिन्। यो हारसँगै चार टिम सम्मिलित प्रतियोगितामा भुटान र नेपाल बाहिरिएका छन्। भारतले बिहीबार घरेलु टिम बंगलादेशसँग फाइनल खेल्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *