काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग टु मा नेपालले पहिलो खेल नामिबियासँग खेल्ने भएको छ।
नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित लिग टु को पहिलो शृंखला नेपालले १५ फेब्रुअरी देखि आयोजना गर्दैछ।नेपाल क्रिकेट संघले सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेल १५ फेब्रुअरीमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ। यस्तै दोस्रो खेल १७ फेब्रुअरीमा नेपाल र नेदरल्याण्ड्सबीच हुने छ।
७ फागुनमा नामिबिया र नेदरल्याण्ड्स, २१ फेब्रुअरीमा नेपाल र नामिबिया २३ फेब्रुअरीमा नेदरल्याण्ड्स र नामिबिया तथा २५ फेब्रुअरीमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने छ।