निःशुल्क युरो क्यान्सर शिविर

सिलगढी: आज निःशुल्क युरो क्यान्सर शिविर सिलगढी नर्सिङ होममा आयोजना गरियो। सिलगढीको हाकिमपाड़ास्थित सिलगढी नर्सिङ होमको सहयोगमा आरएन टेगोर हस्पिटल कोलकताको सञ्चालनमा उक्त निःशुल्क युरो क्यान्सर शिविरको आयोजना गरिएको हो। आज बिहान १९ बजीदेखि आयोजना गरिएको उक्त शिविरमा सहरको विभिन्न ठाउँहरूबाट ५० भन्दा अधिक रोगीहरू उपचारको लागि आएका थिए। यस सन्बन्धमा डा. सत्यदीप मुखर्जीले भने, क्यान्सर रोग अब विभिन्न प्रकारले बढ्दै गइरहेको छ। पर्यावरण प्रदूषण लगायत अन्य विभिन्न कारणहरूले गर्दा युरो क्यान्सर रोगीहरूको संख्या बढ्दै गइरहेको छ। साधारण मानिसहरूलाई क्यान्सरको सटीक उपचार र यसको बुनियादी ढाँचाबारेमा जागरूक गरिरहेको छ। अर्कोतिर, सिलगढी नर्सिङ होममा यस प्रकारको शिविरको आयोजना गरेकोमा रोगीहरूले नर्सिङ होमका अधिकारीहरूलाई आभार व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement