सिंहदरबारमा २ सचिवको सरुवा

Singha-Durbar_20200727162109.jpg

काठमाडौं: सरकारले २ सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले सरजुकुमार वैद्य र मणिराम गेलालको सरुवा गर्ने निर्णय गरेको हो ।सचिव वैद्य सहरी विकास मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन्। गत ११ अक्टोबरमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल ट्रस्टको कार्यालयबाट वैद्यलाई सहरी विकास सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो। ४ महिनामा नै उनको मन्त्रिपरिषद् कार्यालयमा सरूवा भएको हो। अब शहरी विकास मन्त्रालयको सचिवको जिम्मा प्रधानमन्त्री कार्यालयका इन्जिनियरिङ समूहका सचिव मणिराम गेलालले पाएका छन्। गेलाल लामो समयदेखि सहरी विकास मन्त्रालयमा जान प्रयासरत थिए। ठूलो बजेट भएकाले सहरी विकास मन्त्रालयको सचिव हुन पछिल्लो समयमा इन्जिनियरिङ समूहका विभिन्न सचिवहरुले जोडबल लगाउने गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *