नाबालिगसँग दुष्कर्मको आरोपमा फसे हकी खेलाड़ी वरुण कुमार

IMG-20240206-WA0221.jpg

बेंगलुरु: भारतीय हकी खेलाडी वरुण कुमार विरुद्ध पोक्सो (यौन अपराधहरूबाट नानीहरू संरक्षण अधिनियम) कानून अन्तर्गत मामिला दर्ता गरिएको छ कारण एकजना महिलाले उनीमाथि विवाहको वाचा गरेर कथित रूपमा एकाधिकपल्ट दुष्कर्म गरेको आरोप लगाएकी छन्। पीड़िताले ज्ञानभारती पुलिस स्टेशनमा उनी विरुद्ध पोक्सो कानून अन्तर्गत मामिला दायर गरेकी छन्। नालिश दर्ता गरिएपछि पुलिसले जालन्धर स्थित उनको आवासमा छापा मायो। पुलिसले बताएअनुसार, वरुण अहिले भागिरहेका छन् तर उनको खोज जारी रहेको छ । अहिले पीड़िताकी उमेर २२ वर्ष रहेको छ तर दुईबीच पहिलोपल्ट भेटघाट हुँदा उनी १७ वर्षकी थिइन्। वरुणलाई दुई दिन अघि मात्र पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले नियुक्ति पत्र सुम्पिएका थिए। उनलाई पञ्जाब पुलिसमा डीएसपी बनाइएको थियो। एउटा विमान कम्पनीमा कार्यरत महिलाले दावी गरे अनुसार, उनी २०१८- मा अर्जुन पुरस्कार विजेता वरुणको सम्पर्कमा आउँदा केवल १७ सालकी थिइन्। त्यस समय वरुण यहाँ भारतीय खेल प्राधिकरण (साई) केन्द्रमा अभ्यास गरिरहेका थिए। प्राथमिकी (एफआईआर) मा महिलाले वरुणले उनीसँग इन्स्टाग्रामको माध्यमले सम्पर्क गरेको अनि भेट्न बोलाएको आरोप लगाएकी छन्। त्यसपछि वरुण र महिलाबीच मित्रता भएको थियो। यसबीच जुलाई २०१९ मा हकी खेलाड़ीले भविष्यबारे चर्चा गर्ने बताएर महिलालाई बेंगलुरुको एउटा होटलमा बोलाएका थिए अनि उनी नाबालिग रहेको थाहा पाएर पनि विवाहको वाचा गरेर दुष्कर्म गरेका थिए। थानामा दायर गरिएको प्राथमिकीमा वरुणमाथि पाँच सालको लामो सम्बन्धको अवधि महिलासँग धेरैपल्ट दुष्कर्म गरेको आरोप रहेको छ। महिलाकी नालिशको आधारमा हामीले सोमवार हकी खेलाड़ी विरुद्ध यौन अपराधहरूबाट नानीहरूका संरक्षण अधिनियमको उचित धारा र भारतीय दण्ड संहिताको धारा ३७६ (दुष्कर्म) र ४२० (धोका र बेईमानी) – अन्तर्गत मामिला दर्ता गरिएको छ। उल्लेखनीय छ, हिमाचल प्रदेशका खेलाड़ी वरुणले २०१७-मा भारतको निम्ति पदार्पण गरेका थिए। भारतीय पुरुष हकी टोलीले टोक्यो ओलम्पिक २०२० मा काँस्य पदक जितेपछि हिमाचल प्रदेश सरकारले वरुणलाई एक करोड़ रुपियाँको पुरस्कार दिने घोषणा पनि गरेको थियो। उनी २०२२ राष्ट्रमण्डल खेलहरूमा रजत पदक जित्ने भारतीय टोलीका पनि हिस्सा थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *