सर्भाइकल क्यान्सर रोक्न केन्द्रको एचभीपी खोप कार्यक्रमलाई एसडीएफ पार्टीले जनायो स्वागत

IMG-20240206-WA0235.jpg

गान्तोक: हालै केन्द्र सरकारले वित्त वर्ष २०२४-२५-को आफ्नो अन्तरिम बजेटमा सर्भाइकल क्यान्सरको रोगथामका लागि एचभीपी खोपलाई कम मूल्य २०० देखि २५० रुपियाँमा किशोरीहरूका लागि उपलब्ध गराउने निर्णय गरेको छ भन्दै राज्यको प्रमुख विपक्षी पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्टले यसलाई स्वागत जनाएको छ। आज पार्टीले एउटा प्रेस विज्ञप्ति जारी गरेर एउटा जिम्मेवार राजनीतिक दलको रूपमा केन्द्र सरकारको यस निर्णयको स्वागत गर्दै केन्द्रिय वित्त मन्त्री श्रीमती निर्मला सीतारमनप्रति धन्यवाद व्यक्त गरेको छ।

यसको साथै एसडीएफ पार्टीको सरकारले सन् २०१८-मा नै सिक्किममा सर्भाइकल क्यान्सरको रोकथामका लागि एचभीपी टीकाकरण कार्यक्रम निशुल्क शुरु गरेको पनि प्रेस विज्ञप्तिमा थप उल्लेख गरिएको छ। स्कूल टीकाकरण कार्यक्रम अन्तर्गत एसडीएफ सरकारले सन् २०१८-मा लगभग २५ हजारलाई यो खोप निशुल्क लगाइसकेको पार्टीको दावी रहेको छ। एसडीएफ पार्टी अध्यक्ष एवम् तत्कालीन मुख्यमन्त्री पवन चामलिङको दुरदर्शी सोचका कारण सिक्किमले देशमा पहिलोपल्ट एचभीपी टीकाकरण कार्यक्रम शुरु गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

एसडीएफ सरकारकालमा राज्य र राज्यवासीको हीतलाई उच्च प्राथमिकता दिएर शुरु गरिएका यस्ता धेरै कार्यक्रम र योजनाहरूलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा र स्वागत भएको जसमा जैविक अभियान प्रमुख रहेको एसडीएफ-को भनाइ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement