सिङताममा मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा लिम्बू भवनको शिलान्यास

IMG-20240206-WA0233.jpg

एसकेएम पार्टीको सरकारले जात, धर्मदेखि माथि उठेर काम गर्दैछः मुख्यमन्त्री

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिङताममा करिब ४० करोडको लागतमा निर्माण हुने लिम्बू भवनको विधिवतरूपमा शिलान्यास गरे।

याक्थुङ तोनजो सोन्जुमबोद्वाराद्वारा आयोजित शिलान्यास कार्यक्रममा मुख्यमन्त्रीको साथमा उनकी धर्मपत्नी कृष्ण राई, मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव, भिभिन्न विभागका अध्यक्ष अनि सल्लाहकारगण लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले लिम्बू भवनको विधिवत शिलान्यासको निम्ति सम्पूर्ण सिक्किमे समुदायलाई बधाई दिए। पूर्व सरकारले कुनै पनि जाति अथवा संस्थानको पूर्वाधारहरू निर्माण गर्दा राजनीतिक फाइदा हेरेर मात्र गरेको, तर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले जात धर्मलाई राजनीति देखि माथि राखेर सिक्किमे हितमा कार्य गर्ने गरेको दाबी गरे।

यदि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले पनि पूर्व सरकारको जस्तै नीति अप्नाएर काम गरेको भए सिक्किममा अहिले यति बिघ्न जातिको पूर्वाधारहरूको निर्माण हुन नसक्ने उनले किटान गरे। सिङ्ताममा निर्माण हुन लागेको लिम्बू भवन केवल लिम्बू समुदायको निम्ति मात्र नभएर सम्पूर्ण सिक्किमेको हितको निम्ति निर्माण हुनलागेको उनले जानकारी गराए। राज्यका सबै जात-जातको विकास हेतु सरकारले काम गर्दा पनि अनेक थरिको कुरा गर्नेहरूको कुरालाई जनताले सही प्रकारको निर्क्यौल गर्नुपर्ने उनले आह्वान गरे।

वर्तमान सरकारले जात अनि जातीय संगठनहरूलाई राजनीतिसँग कहिले पनि नमुछेको पनि उनले बताए। कुनै पनि जात वा संगठनको चुनावको समयमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगरी जसले त्यो जात अनि संगठनलाई नेतृत्व दिनसक्छन् उनीहरूलाई नै त्यो समुदाय़को नेकतृत्व गर्नको निम्ति बाटो खुल्ला गरिदिएको मुख्यमन्त्रीले ठोकुवा गरे।

सिङ्ताममा लिम्बू भवनको माग आफूसमक्ष आउनसाथै तत्काल यो निर्माणको निम्ति प्रक्रिया अघि बढ़ाएको मुख्यमन्त्रीले जानकारी गराउँदै अब सप्लीमेन्ट्री बजेटमा धनराशि छुट्याएर यो भवनको निर्माण कार्य शुरू गर्ने उनले जानकारी गराए। यसका साथै उत्तर जिल्लाको माङसिलामा पनि लिम्बू भवनको निर्माण गर्ने मुख्यमन्त्री तामाङले आज घोषणा गरे। सोही स्थानमा नै अनुसूचित जनजाति भवनको पनि निर्माण गर्ने मुख्य़मन्त्री तामाङले घोषणा गरे। आजको कार्यक्रमलाई लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement