सूचना एवम जनसम्पर्क विभागकी सचिवले गरिन बैठक

IMG-20240206-WA0232.jpg

गान्तोक: राज्यको सूचना एवम जनसम्पर्क विभागकी सचिव कर्म डी. युत्सोको कक्षमा बैठक सम्पन्न भयो। विशेष गरेर सिक्किम हेराल्डको नेवार भाषाको संस्करण प्रकाषणमा अनिमितता देखापरेको कारण उक्त समस्या समाधान हेतु बैठक आयोजना गरिएको थियो। नेवार भाषाको संस्करण प्रकाशनमा अनियमितता देखा पर्नुको मुख्य कारण उक्त भाषाका सह- सम्पादक र उपसम्पादकको कार्यालयमा अनुपस्थितिको कारण अनियमितता भएकोबारे जानकारी गराइयो। बैठकलाई सम्बोधन गर्दै सचिवले नेवारी संस्कृति र सम्पदाको समृद्धिमाथि जोड दिँदै नेवार भाषामा सिक्किम हेराल्डको प्रकाशन जारी राख्नुपर्ने आग्रह गरिन्।

बैठकमा चाँडोभन्दा चाँडो समस्याको समाधान खोज्ने विषयमा छलफल भएको थियो। अस्थायी व्यवस्थाको रूपमा, एसोसिएसनले विभागमा सहायक उप-सम्पादक वा उप-सम्पादकको नियुक्ति नभएसम्म सिक्किम हेराल्ड नेवार संस्करण प्रकाशित गर्न सहयोग गर्ने निर्णय लिएको छ। बैठकमा नेवार भाषा र साहित्यको प्रवद्र्धन र संरक्षण गर्ने विषयमा पनि छलफल भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement