मंगन जिल्लाका छोडिएका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई प्रशिक्षण

IMG-20240206-WA0231.jpg

गान्तोक: मंगन जिल्लाका छोडिएका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर पहिलो चरणको प्रशिक्षण कार्यक्रम आयोजना गरियो। मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको प्रशिक्षण सत्रलाई दुई भागमा विभाजन गरिएको थियो, जसमा पहिलो सत्रमा सैध्दान्तिक पद्द्तिबारे प्रशिक्षण प्रदान गरियो भने दोस्रो सत्रमा इलेक्ट्रोनिक्स भोटिङ मशिन (इभीएम) र भोटर पेपर अडिट ट्रायलबारे जानकारी गराइयो।डीएलएमटी पाल्देन लाचुङपा र कृषि विभागका उपनिर्देशक पदम बहादुर गुरूङले प्रशिक्षण दिएका थिए भने उक्त अवसरमा जिल्लापाल हेम कुमार छेत्री लगायत अन्यहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement