वरिष्ठ नागरिक र शारीरिकरूपमा व्यक्तिहरूलाई मतदान गराउने प्रक्रियाबारे चर्चा

IMG-20240206-WA0234.jpg

गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभाको निम्ति शारीरिकरूपमा असक्षम व्यक्तहरूले पनि सजिलोसँग मतदान गर्न सकुन् भन्ने ध्येयले आज जिल्ला अनुगमन समितिले पाकिम जिल्लाका जिल्लापालसँग एक बैठक आयोजना गऱ्यो।

सभामा शारीरिकरूपमा असक्षम व्यक्तिहरूलाई मतदान केन्द्रहरूमा पर्याप्त सुविधा होस् भन्ने उद्देश्यले यस विषयमाथि पनि चर्चा गरियो। जिल्लापालले समितिलाई शारीरिकरूपमा असक्षम र वरिष्ठ नागरिकहरूको निम्ति सबै प्रकारको सुविधा प्रदान गर्न निर्देश दिएका छन्। उनीहरूको निम्ति विभिन्न रणनीतिबारे पनि छलफल गरियो, जस्तै उनीहरूलाई घरदेखि मतदान केन्द्रसम्म ल्याउनको निम्ति वाहनको प्रबन्धन आदि लगायत अन्यबारेमा जानकारी गराए।

भारतको निर्वाचन आयोगद्वारा ‘अनुपस्थित मतदाता’ भनेर चिनिने नयाँ वर्गको परिचयमा जोड दिइयो, जसमा ८० वर्ष र माथिका मतदाताहरू साथै शारिरिकरूपमा असक्षम मतदाताहरू समावेश छन्। यी मतदाताहरूले मतदान दलका पदाधिकारी र राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा घरघरमा डाक पत्र मार्फत मतदान गर्ने अवसर पाउने जिल्लापालले जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement