गान्तोक: नेपाली साहित्य परिषद्, सिक्किम एवम् तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान, सिक्किमका प्रतिनिधिहरू माझ हिजो परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा एउटा महत्वपूर्ण बैठक परिषद्को भवनमा सम्पन्न भयो।
यस बैठकले आगामी ११ फरवरीको दिन महाकवि तुलसी ‘कश्यप’दृको ८५औँ जन्मजयन्ती विविध कार्यक्रमहरूसहित भव्य रूपमा पालन गर्ने निर्णय लिएको छ।
यस अवसरमा महाकवि ‘कश्यप’दृको व्यक्तित्व एवम् कृतित्वसँगै विगत धेरै वर्ष अघिदेखि दिवङ्गत साहित्यकारहरूको व्यक्तित्व एवम् कृतित्वमाथि वार्ता पनि प्रस्तुत गर्ने एउटा परम्परा रहेको हुँदा यस वर्ष भाषाविद् महानन्द पौड्यालले नेपाली भाषादृसाहित्यको क्षेत्रमा पुऱ्याएको योगदानमाथि वार्ता प्रस्तुत गर्ने सभाले निर्णय लियो।
यस अतिरिक्त सभाले ‘कश्यप’ प्रतिष्ठानद्वारा दार्जीलिङका वरिष्ठ साहित्यकार डा. जीवन नामदुङलाई उनको कृति ‘सत्ताईस सालका हाम्रा सात साहित्यकार’दृका निम्ति वर्ष २०२४को ‘तुलसी ‘कश्यप’ स्मृति पुरस्कार’दृद्वारा अलङ्करण गरिने भएको छ। सभाको अन्तमा उक्त कार्यक्रम प्रबुद्ध साहित्यकार सुवास दीपकको प्रमुख आतिथ्यमा परिषदकै निज भवनमा आयोजन गर्ने बैठकमा निर्णय लिइएको नेपाली साहित्य परिषद्, सिक्किमका प्रचार सचिव जोसेफ लेप्चाले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन्।