आगामी २७-२८ फरवरीको दिन दुई दिवसीय सिक्किम कलाकार भरोसा सम्मेलनको आयोजना गरिने

IMG-20240206-WA0229.jpg

गान्तोक: स्टेप डान्स सेन्सेसन एकादमी र भोइसको संयुक्त पहलमा आगामी २७-२८ फरवरीको दिन दुई दिवसीय सिक्किम कलाकार भरोसा सम्मेलन आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम राजधानीस्थित मनन केन्द्रमा मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा सम्पन्न हुने आयोजक समितिका सदस्य सञ्जय राईले जानकारी गराएका छन्।

आज राजधानीस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राईले उक्त कार्यक्रममा राज्यभऱकि एक हजारभन्दा अधिक कलाकारहरूको सहभागिता रहने अवगत गराए। सो दिन राज्यका कलाकारहरूलाई मुख्यमन्त्रीको वाहुलीबाट सम्मान जनाउने योजना रहेको छ। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य राज्यका कलाकारहरूको समस्या र गुनासोमाथि छलफल गरिनु रहेको उनको भनाइ रहेको छ।

कार्यक्रममा कलाकारहरूले मुख्यमन्त्री समक्ष कलाकारहरूले भोग्न परिरहेको समस्या र गुनासो राख्ने बताए। यसरी कलाकारहरूको समस्या समाधान गर्नको निम्ति राज्य सरकारले नयाँ कुनै नीति तय गर्न सक्ने पनि राईले सम्भावना व्यक्त गरेका छन्।

यसै क्रममा मिङमा डी. लेप्चाले कलाकारहरूलाई जीवनमा चाहिने प्रमुख कुरा भनेको इज्जत र सम्मान रहेको बताउँदै सो दिन सम्मान जनाउने कार्यक्रम पनि रहेको अवगत गराए। यसरी नै उक्त दिन कलाकारहरूले एक अर्कामा परिचय आदन प्रदान गर्न सकोस् भन्ने ध्येयले दुई दिवसीय कार्यक्रम आयोजना गरिने उनले जानकारी गराए। यस कार्यक्रमलाई कसैले राजनीतिकरण नगर्ने पनि उनले आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement