अन्तर्राष्ट्रिय सीमाबाट एकजना बांग्लादेशी नागरिक पक्राउ

75-18.jpg

कोचबिहार। आइताबार भारत बांग्लादेश सीमा क्षेत्रबाट बीएसएफले एकजना बांग्लादेशी नागरिकलाई पक्राउ गरेको थियो। प्राप्त जानकारी अनुसार, बंगलादेशको ठाकुरगाउँका २४ वर्षीय एमडी रबिउललाई राति १० बजे अवैध रूपमा बंग्लादेश प्रवेश गर्न खोज्दा पक्राउ गरिएको थियो। पक्रा परेका उक्त बंग्लादेश नागरिकले आठ वर्षअघि कामको सिलसिलामा भारत आएको र अहिले हरियाणाको पानीपतमा तानको फ्याक्ट्रीमा काम गरिरहेको बताएका छन्। रबिउलले ४ फरवरीको दिन दिल्लीबाट रेल चढेर जलपाइगढी पुगेका र भारत–बंगलादेश सीमा पार गर्न भारतीय दलाललाई १० हजार रुपियाँ तिरेका थिए। पक्राउ परेका रबिउललाई बीएसएफले कुचलीबार थानामा सुम्पिएको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement