रंगबुल धोत्रे रंगमुक समष्टीमा सिँञ्चाईको उदघाटन साथै रोडको शिलान्यास

IMG-20240206-WA0212.jpg

सोनादा: रंगबुल धोत्रे रंगमुक समष्टीमा मंगलबार दुईवटा सिँचाई विभागको कार्यको उदघाटन गरिएको छ। यसको साथै दुईवटा रोडको काम पनि शुरु गर्नलाई शिलान्यास गरिएको छ। केही दिन अघि जीटीएको प्रमुख कार्यपाल समष्टी आएको समय दिएका वचन पूरा गर्दै आज दुईवटा रोड निर्माणको कार्य शुरू भएको छ। उक्त शिलान्यास अनि कार्य शुरु भएको समय क्षेत्रीय सभासद एंव जीटीएको डेपुटी चेयरम्यान राजोस चौहान, कर्माध्यक्ष जीवन प्रधान, पञ्चायत समिति सदस्य हिम्मत प्रधान, हेमलता गुरुङ अनि अन्य पञ्चायत सदस्यहरू उपस्थित रहेका थिए। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै धोत्रे कलेज भेल्लीको पञ्चायत समिति सदस्या हेमलता प्रधानले केही गिन अघि जीटीए प्रमुख अनित थापाको भ्रमणावधि गरिएको वाचा अनुसार आज बीच गाउँदेखि गैरी गाउँ, डाँड़ा गाउँ हुँदै बालासनसम्म पुग्ने बाटो निर्माणको लागि शिलान्यास गरिएको बताइन्।

उनले यो बाटो निर्माणले स्थानीयहरू खुशी रहेको जनाउँदै स्थानीयहरूको पक्षमा जीटीए प्रमुख अनित थापा र डेपुटी चेयरम्यान राजेस चौहानप्रति आभार प्रकट गरिन्। त्यसरी नै स्थानीय गाउँले असीत राईले कलेज भेल्ली फाटकदेखि सुमन राईको घरसम्म बाटोको शिलान्यास गरिएकोले स्थानीयहरूको पक्षमा क्षेत्रीय सभासद एंव जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान र जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement