आजादीका अमृत महोत्सव अन्तर्गत गान्तोकदेखि नामथाङसम्म बाइक ऱ्याली आयोजित

गान्तोक। भारत देश स्वतन्त्र भएको ७५औं वर्ष, आजादीका अमृत महोत्सवको अन्तर्गत कार्यक्रम हर घर तिरङ्गा आजदेखि नामथाङ रातेपानी क्षेत्रमा शुभारम्भ भयो। यो कार्यक्रमको हिस्सा स्वरुप आज द राइडर्स अफ् नामथाङले गान्तोकदेखि नामथाङसम्म बाइक ऱ्यालीको आयोजन गरेको थियो। उक्त बाइक ऱ्यालीलाई मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ अनि नामथाङ क्षेत्रका विधायक एवं राज्यका यातायात विभागीय मन्त्री सञ्जीत खरेलले हरियो झण्डा देखाए। ५० भन्दा अधिक राइडर्सहरूको ऱ्याली गान्तोकस्थित भीआईपी कोलोनिबाट शुरु भएर रानीपूल, सिङ्ताम, मामरिङ हुँदै नामथाङको निम्ति प्रस्थान भए। यस कार्यक्रमको औचित्यबारे बोल्दै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले देशप्रतिको देशप्रेम र भक्ति प्रदर्शन गर्ने यो अवसर रहेको बताए। स्वतन्त्रताको अर्थ देश नभएका अनि दासत्वमा रहेका देशका नागरिकहरूलाई राम्रोसँग थाहा हुने कुरा जानकारी गराए। हामी भारतीयहरूले पाएको स्वतन्त्रलाई बिर्सीपठाउँदै गरेको अवस्थामा यो अभियानले देशप्रेम जागरूक गराउने कार्य भएको बताए। स्वतन्त्र भारतको नागरिक हुनु पाएकोमा सिक्किमे नागरिक सबैले गर्व गर्नपर्ने पनि उनले थप जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement