हमास नेता इस्माइल हनियाहकी बहिनी इजरायली अस्पतालमा उपचाराधीन

Hamas-Leader-Ismail-Haniyeh

तेल अवीव: हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हनियाहकी बहिनीको हालै इजरायली अस्पतालमा उपचार गरिएको थियो, जहाँ उनले समयपूर्व नानीलाई जन्म दिइन्। हिब्रू मिडियाका अनुसार हानियाकी बहिनीलाई अस्पतालमा भर्ना गरिएको थियो, र तेल शेवाको सोरोका मेडिकल सेन्टरमा उपचार गरिएको थियो, जहाँ उनले समयअघि नै नानी जन्माएकी थिइन्। इजरायली रक्षा मन्त्रालय स्रोतका अनुसार हमास नेताका दुई दाजुभाइ र आठ दिदीबहिनी छन्। हानियाकी बहिनीको परिवार बेदुइन मुस्लिम समुदायको हो र तेल शेवामा बस्छ। यसैबीच, इजरायल को आन्तरिक सुरक्षामन्त्री इतामार बेन-गविरले भने,  ‘हनियेहको आफन्तहरूलाई इजरायलबाट निर्वासित गरिनु पर्छl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *