कोलकाताः नरेन्द्रपुर इञ्जीनियरिङ्ग छात्रको रहस्यमय मृत्युको मामिलामा नयाँ मोड़ आको छ। मृतकको शरीरको पोस्टमर्टम रिपोर्ट अघि आएको छ जसबाट थाहा लागेको छ, मृत्यु भएको समयमा छात्र नशामा चुर भएको थियो। उसको खल्तीमा कण्डोम पनि पाइयो। पोस्टमर्टमको प्रारम्भिक रिपोर्ट गए सोमवार राती पुलिसको हातमा परेको थियो।
जिल्ला पुलिसका अधिकारीले बताए, मृतक अप्रतिम दास नशाले मातिएको कारणले पानीमा झरे होलान्। उनको लिभरमा रक्सीको नमूना भेटिएको छ। शरीरमा कतै पनि चोट लागेको छैन। यसको साथै इञ्जीनियरिङ् द्वितीय वर्षका छात्रको प्यान्टको खल्तीमा कण्डोमको प्याकेट भेटिएको छ। शुरूमा पुलिसले युवकको मृत्यु निसास्सिएर भएको हुनसक्ने अनुमान लगाएको थियो, तर पोस्टमर्टम रिपोर्टले यतातिर इशारा गरेको छैन। अप्रतिमको पानीको डुबेर मृत्यु भएको हो।
उल्लेखनीय छ, गत आइतवार अपरान्ह नरेन्द्रपुरको ढालीपाड़ा क्षेत्रमा अवस्थित एक पोखरीमा छात्रको शव भेटिएको थियो। स्थानीय मानिसहरूले बताए, तीन दिनअघि गत बिहीवार राती छत्र एक विवाह समारोहमा गएका थिए। छात्रका माता-पिता भिन्न-भिन्नै बस्छन् र दुवैले एका-अर्कामाथि छोराको हत्या गरेको आरोप लगाइरहेका थिए।
-हिस









