सीबीआईले हाई कोर्टमा बतायो- कसरी घूस लिएर शिक्षकको नोकरीको लागि नम्बर बढ़ाइएको थियो

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालमा शिक्षक नियुक्ति भ्रष्टाचार मामिलाको जाँच गरिरहेको सीबीआईले एक हलफनामाको माध्यमबाट कोलकाता उच्च न्यायालयलाई बताएको छ, कसरी नक्कली नियुक्तिको लागि घूस दिने उम्मेद्वारहरूको नम्बर बढ़ाइयो। हाई कोर्टमा दर्ता हलफनामामा सीबीआईले दाबी गरेको छ, एसएससी भर्ती भ्रष्टाचारको जाँचमा गजियाबादबाट जफत गरिएको हार्ड डिस्सको डेटा वास्तविक हो। यद्यपि एसएससीको वेबसाइटमा जुन मेरिट लिस्ट अपलोड गरिएको थियो त्यसमा व्यापक मात्रामा धाँधली गरिएको थियो।

यस मामिलामा केन्द्रिय डिप्टी सलिसिटर जनरल बिलबादल भट्टाचार्यले जस्टिस देवांग्शु बसाक र जस्टिस मोहम्मद शब्बर रशिदीको खण्डपीठमा सीबीआईको हलफनामा पेश गरे। सूत्र अनुसार हलफनामामा हार्ड डिस्कमा कस्तो जानकारी छ र यसलाई कसरी साँचो ठान्नु आदि कुराको विस्तृत विवरण दिइएको छ। यसमा यो पनि बताइएको छ, कसरी उत्तर पुस्तिकालाई स्क्यान गरेपछि डिजिटल कपीसित छेड़छाड़ गरेर केही उम्मेद्वारहरूको अंक बढ़ाइएको थियो।

सूत्र मुताविक उत्तर पुस्तिकालाई स्क्यान गर्ने र सफल उम्मेद्वारहरूको सूची तयार गर्ने जिम्मेवारी एजेन्सी ”नाइसा”-का केही कर्मचारीहरूलाई दिइएको थियो। रिपोर्टमा बताइएको छ, उच्च प्राथमिक शिक्षकहरूको भर्तीमा यस प्रकारको भ्रष्टाचार भएको छ। हलफनामामा प्राथमिकीको पनि उल्लेख गरिएको छ। मंगलवार भएको सुनवाईमा नोकरीदेखि वञ्चित उम्मेद्वारहरूको एक समूहका अधिवक्ता फिरदौस शमीमले पनि एक अतिरिक्त हलफनामा प्रस्तुत गरेका छन्। दाबी गरिएको छ, वर्ष २०१८-मा एसएससीले केही उम्मेद्वारहरूलाई उत्तर पुस्तिका (ओएमआर शीट)-का प्रतिहरू दिएको थियो। फिरदौसको दाबी छ, एसएससीसित उत्तर पुस्तिकाको जुन जानकारी थियो त्यो पनि यसको प्रमाण हो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement