स्वतन्त्रता दिवस र हर घर तिरङगा अभियानलाई लिएर सभा सम्पन्न

गान्तोक: आगामी दिनमा पालन गरिने स्वतन्त्रता दिवस र हर घर तिरङगा अभियानलाई कार्यन्वयन गर्ने उद्देश्यले मंगन जिल्लामा तयारी सभा सम्पन्न भयो। जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको सो सभाको अध्यक्षता जिल्लापाल डा. एबी कार्कीले गरेका थिए। यस सभामा अतिरिक्त जिल्लापाल, महकुमा अधिकारी लगायत अन्यहरूले पनि उपस्थिति जनाएका थिए। सभामा ग्राम पञ्चायतस्तरमा राष्ट्रीय झण्डा लगाउनु पर्ने र झण्डा लगाएपछि प्रोटोकल पालन गरिनु पर्ने विषयमा छलफल गरिएको जानकारी गराइएको छ। स्वतन्त्रता दिवस सफल तुल्याउनको निम्ति सबै विभागका अधिकारीवर्गलाई आ-आफ्नो जिम्मेवारी दिइयो। हर घर तिरङगा अभियान अन्तर्गत सबैले १-१५ अगस्तसम्म घरमा राष्ट्रीय झण्डा लगाउन सकिने जानकारी गराइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement