लोकसभाको हाम्रो उम्मेद्वार गोर्खा हुनेछ: अनित थापा

IMG-20240206-WA0189.jpg

खरसाङ: खरसाङमा आईटी पार्कको शिलान्यास कार्यक्रमको समय जीटीए प्रमुख कार्यपाल अनित थापाले लोकसभा चुनावमाथि बोल्दै घाेषणा बीजीपीएम तृणमूलसँग गठबन्धनमा रहेको पार्टी हो। लोकसभा हामी तृणमूलको चिन्हमा लड्नेछौं तर लोकसभाको उम्मेद्वार हाम्रो गोर्खा हुनेछ भनी बताएका छन्।
को हुने उम्मेद्वार भनी सोधिएको प्रश्नमा उनले भने, “तृणमूल कांग्रेसले उम्मेद्वारको निर्णय लिनेछ। जबसम्म अन्तिम निर्णय आउँदैन तबसम्म उम्मेद्वारको नाम अड्कल मात्र हो।”
थापाले अझ भने, “हामी क्षेत्रीय दल हौं। हामीले लोकसभामा हाम्रो उम्मेद्वार दिनु सक्दैनौं। सिलीगढी अनि समतलले भोट दिएनन् भने हाम्रो भोट खेरो जानेछ। यसपालीको लोकसभा चुनावमा गोर्खा उम्मेद्वार नै हुनेछ। उम्मेदवारको चिन्ह अर्कै हुनेछ तर उम्मेद्वार हाम्रो गोर्खा हुनेछ। १५ वर्ष हामीले जाति भनेर भोट हाल्यौं। यसपाली उपलब्धि अनि विकासको नाममा भोट हालौ।”
खरसाङमा निर्माण हुँदै गरेको आईटी पार्कमाथि बोल्दै अनित थापाले भने, ४८ करोडको लागतमा निर्माण हुने आईटी पार्क खरसाङको निम्ति वरदान हो। खरसाङमा नयाँ २०० बेडको अस्पताल पनि निर्माण हुनेछ।”
पहाडले भावनाको राजनीति गर्यो, भत्काउने राजनीति गर्यो, अब रचनात्मक, व्यावहारिक अनि उपलब्धिको राजनीति गर्नुपर्छ भनी बताए। थापाले आफ्नो सम्बोधनमा अघि भने, “दार्जीलिङ पहाडको राजनीतिमा कहिले पनि उपलब्धिको राजनीति भएन। चुनावमा मेरो विचारलाई, कामलाई जिताउनु भयो। अहिले रचनात्मक अनि व्यावहारिक राजनीति स्थापना भएको छ। अब हामीले उपलब्धिको राजनीति गर्नुपर्छ। हामीले भत्काउने काम धेरै गर्यौँ। अब पहाड बनाउने काम सुरु भएको छ।”
आजको कार्यक्रममा खरसाङका पुत्र विवेक राईलाई जीटीए चिफले सम्बर्द्धना पत्र चढाएर सम्मान गरेका थिए। विवेक राईले सर्बियाको कस्टेनडोर्फ फिल्म एण्ड म्युजिक फेस्टिभल २०२४ (Kustendorf Film and Music Festival 2024),मा उनको छोटो फिल्म ‘शान्ति’ले उत्कृष्ट सर्ट फिल्ममा ‘सिल्भर एग’ अवार्ड प्राप्त गरेको थियो। यो अवार्ड जितेर उनले खरसाङ अनि दार्जीलिङ पहाडलाई मात्र होइन हाम्रो देश भारतलाई नै अन्तर्राष्ट्रिय स्तरमा सम्मान दिलाएको पत्रमा भनिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement