उत्तराखण्डको विधानसभामा युसीसी विधेयक पेश

UCC-rep-image-copy-1-1

देहरादून: मुख्यमन्त्री पुष्कर सिंह धामीले मंगलबार राज्य विधानसभामा समान नागरिक संहिता (युसीसी) २०२४ विधेयक पेश गरेपछि, भाजपाका विधायक शिव अरोराले यसलाई ऐतिहासिक क्षण बताए। संचारमाध्यम अरोराले भने, ‘यो हाम्रा लागि ऐतिहासिक क्षण हो। युसीसी भन्दा ठूलो खुशी के हुनसक्छ र? यसले मानिसहरूलाई समान अधिकार दिन्छ। मुख्यमन्त्री धामीले आज यसको शुरुवात गरेका छन्l’ भाजपाका विधायक प्रीतम पवारले पनि मुख्यमन्त्री धामीलाई बधाई दिँदै यो विकसित भारतको दिशामा महत्त्वपूर्ण कदम रहेको बताए। ‘मुख्यमन्त्री धामीलाई बधाई छ। उनले राज्यका जनताप्रतिको आफ्नो प्रतिबद्धता पूरा गरे। यो निर्णय विकसित भारतको दिशामा एक महत्त्वपूर्ण कदम हो। हामी विकसित देशको सूचीमा तब मात्र सामेल हुनेछौं जब हाम्रा कानुन समान हुन्छन्। युसीसी देशका महिलाहरूका लागि लाभदायक हुनेछ, चाहे उनीहरू जुनसुकै धर्मको होस्’, पवारले संचारमाध्यमलाई भने। यसैबीच, मुख्यमन्त्री धामीले मंगलबार देहरादूनको राज्य विधानसभामा समान नागरिक संहिता (युसीसी) २०२४ विधेयक पेश गरे। संसदको चारदिने विशेष अधिवेशन सोमबारदेखि शुरु भएको छ। यसपछि संसदको बैठक दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको थियो  यसअघि मुख्यमन्त्री धामीले उत्तराखण्डले युसीसी लागू गर्नेतर्फ पहिलो कदम चाल्नु गौरवको क्षण भएको बताए। मुख्यमन्त्री धामीले एक्समा लेखेका छन्, ‘देवभूमि उत्तराखण्डका नागरिकलाई समान अधिकार दिने उद्देश्यले आज विधान सभामा समानुपातिक संहिता विधेयक पेश गरिने भएको छl युसीसीलाई कार्यान्वयन गर्ने दिशामा अगाडि बढ्ने देशको पहिलो राज्यको रुपमा हामी चिनिन्छौं भन्ने राज्यका सबै जनताका लागि गौरवको क्षण होl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement