बक्साबाट गाउँ अन्यत्र सार्ने योजना – बनमन्त्री ज्योतिप्रिया मल्लिक

कालचिनी: आज बाघ दिवसको अवसरमा अलिपुरद्वार आईपुगेका राज्यको बनमन्त्री ज्योतिप्रिया मल्लिकले पत्रकारहरु समक्ष सम्मुख हुँदै बक्साद्वार पहाड़बाट विस्तारै त्यहॉंका बस्ती गाउँलेहरूलाई अन्यत्र कतै पुनर्वास गराउने सिद्धान्त सरकारले लिएको जनाएका छन्| बक्सा जंगलमा बाघ छैन भन्ने जुन हल्ला चलिरहेकोबीच हालै मात्र जंगलमा लगाएको क्यामेरा फूटेज औ ड्रोन क्यामेरामा बक्सा जंगलमा प्रायः ११ वटा रोयल बेङ्गल टाइगर रहेको खुलासा भएको छ भने यसलाई मध्यनजर गर्दै बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ पर्ने सबै बनबस्तीहरूलाई अब विस्तारै हटाइने यसको बदली प्रत्येक परिवारलाई १५ लाख गरेर क्षतिपूर्ति दिइने र तिनीहरूलाई यता अलिपुरद्वार र जलपाईगढी माझमा पुनर्वास गराउने योजना चलिरहेको बताएको छ|
मन्त्रीले १९३८ अघि कामको लागि बसाईएको यो दुर्गम गाउँहरूलाई सुगम स्थानमा ल्याइने जनाएका छन्| दुर्गम ठाउँमा बसेर त्यहॉं धेरै असुविधा गाउँलेहरूले झेल्दै आइरहेको र बच्चाहरूलाई शिक्षा दिक्षा दिनु पनि अभिभावकहरूलाई गाह्रो परिरहेको अवस्थालाई ध्यानमा राखेर अब त्यो दुर्गम ठाउँ रोयल बेङ्गल टाइगरको निम्ति उचित प्राकृतिक आवास हुने कुराको जिक्र पनि मन्त्रीले गरेका छन्| यसको निम्ति गाउँलेहरूलाई सहमतिमा ल्याउन प्रयास गरिने र बक्साको दुईवटा गाउँ भोटिया बस्ती र गङ्गुटिया बस्तीलाई प्रथम चरणमा सार्ने तय भएको पनि बनमन्त्री ज्योतिप्रिया मल्लिकले जनाएका छन्| यता पुर्खादेखि पहाड़ र कन्दराको प्राक्रतिक हावामा बस्ने बनबस्तीका बासिन्दाहरूले यति सजिलोसित बसाई सराई मान्न नसक्ने एकाधिक पर्यवेक्षकहरूले जनाएका छन्|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *