ब्राउन सुगर सहित एक व्यक्ति पुलिसको पन्जामा

Screenshot_20240206_164936_Samsung-Internet.jpg

सिलगढी: सिलगढीमा ब्राउन सुगर सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको नाम रञ्जित छेत्री बताइएको छ। तिनी झङ्कार मोड इलाका निवासी हुन्। मालदाबाट ब्राउन सुगर लिएर सिलगढी आइरहेको पुलिसले गोप्य सुइँको पाएपछि सिलगढी मेट्रोपोलिटन पुलिसको एसओजी र एनजेपी थाना पुलिसले एनजेपी थाना इलाकामा अभियान चलाएर उक्त व्यक्तिलाई पक्राउ गर्नको साथै ३०० ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ।

उद्धार गरेको ब्राउन सुगरको अनुमानित मूल्य लाखौँ रुपियाँ तोकेको छ। पक्रा परेका व्यक्तिलाई भोलि बुधबार जलपाईगढी अदालतमा पठाइनेछ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement