अस्पतालबाटै दिइन् माध्यमिक परीक्षा बिरामी छात्राले

e3b12ec4-5fa2-474d-9c06-68459ea7ed9e-1024x580.jpg

राजगञ्ज: माध्यमिक परीक्षा भइरहेको समय एकजना परीक्षार्थीलाई अचानक श्वास लिनमा असुविधा भएपछि तत्कालै तिनलाई बेलाकोवा ग्रामीण अस्पतालमा लगियो। माध्यमिक परीक्षार्थी तापसी रायले बेलाकोवा ग्रामीण अस्पतालमै बसेर भुगोलको परीक्षा दिइन्। प्राप्त जानकारी अनुसार बारोपाटिया पीएनआर हाई स्कुलका छात्रा तापसी रायको बेलाकोवाको केवलपाडा हाई स्कुलमा परीक्षा केन्द्र रहेको छ। आज भुगोलको परीक्षा भइरहेको समय अचानक तिनलाई श्वास लिनमा असुविधा भएपछि तत्कालै तिनलाई एम्बुलेन्समा सवार गरेर बेलाकोवा ग्रामीण अस्पतालमा लगियो। तिनलाई अस्पतालमा लगेर अक्सिजन माक्स लगाइयो। प्राथमिक उपचारपछि अस्पतालमै बसेर छात्राले भुगोलको परीक्षा दिइन्। अस्पतालमा तापसीको जाँचकर्ता मनोज कुमार रायले भने बिमारी भएकोले गर्दा तापसीलाई अस्पतालमा ल्याइएको हो। हाल तिनी स्वस्थ छन्। परीक्षा लेख्नको लागि तिनलाई १० मिनटको अतिरिक्त समय दिइयो। यसैबीच परीक्षार्थी तापसी अस्वस्थ्य भएको खबर पाएपछि तिनको आमा अस्पतालमा आइपुगेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement