नाबालिकालाई यौन शोषण गरेको शिक्षकविरुद्ध आरोप

IMG-20230528-WA0320-5-300x172-1

सिलगढी: सिलगढीमा एकजना नाबालिक स्कूल छात्रासित यौन शोषण गर्ने प्रयास गरेको स्कूलका शिक्षकमाथि गम्भीर आरोप उठेको घटना गत ३ फरवरीको दिन भए तापनि उक्त मामिला सोमवार राति प्रकाशमा आएको छ। पीडित नाबालिकको परिवार पक्षले सोमवार राति थानामा लिखित अभियोग दर्ता गरेको छ। अभियोगको आधारमा सिलगढी मेट्रोपलिटन पुलिसले घटनाको जाँच शुरू गरेको छ। यस घटनालाई लिएर हालसम्म कुनै पनि पुलिस अधिकारीले मुख खोल्न चाहेका छैनन्। नाबालिकको परिवारले आरोपी स्कूल शिक्षकलाई कठोर सजाय हुनु पर्ने मांग गरेको छ।जानकारी अनुसार सिलगढी मतिगढा निवासी सो छात्रा स्कूल शिक्षकको घरमा ट्यूशन पढ्न जान्थे। यसैक्रममा गत ३ फरवरीको दिन बिहान छात्रा ट्यूशन पढ्नको लागि नगएपछि शिक्षक आफैले सबैभन्दा पहिला छात्रालाई फोन गरे तर तिनले फोन उठाएनन्। यसपछि शिक्षकले तिनको आमालाई फोन गर्दा तिनले पनि फोन नउठाएपछि शिक्षकले नाबालिकको बडीआमालाई फोन गरेर छात्रालाई अपरान्ह ३ बजेर ३० मिनटमा बजे पढ्नका लागि बोलाइ पठाए। अपरान्ह छात्रा पढ्नको लागि जाँदा शिक्षकले तिनलाई पढ्ने कोठामा नलगेर दोस्रो तलाको कोठामा लगेर गए। छात्राले दिएको बयान अनुसार शिक्षकले छात्रासित तिनको बडी राम्रो रहेकोले पुलिसमा सहजै नोकरी पाइहाल्ने बताए। यति भनेपछि शिक्षकले छात्राको शरीरलाई स्पर्श गर्न थाले। तर जब छात्राले यसको विरोध गरे तब शिक्षकले छात्रालाई आँखा बन्द गर्ने निर्देश दिएपछि तिनले आँखा बन्द गरे अनि फेरि शिक्षकले छात्राको शरीरलाई स्पर्श गर्न थाले। यसपछि छात्राले आफ्नो आँखा खोल्दा शिक्षक आफु सामु नग्न अवस्थामा उभिरहेका थिए। यस्तो अवस्थामा देखेपछि डरले छात्राले शिक्षकलाई धक्का दिएर कुनै प्रकारले त्यहाँबाट भागेर बाहिर निक्लिएपछि घर फर्किए। यसपछि ४ तारीख बिहान छात्राले सम्पूर्ण घटनाबारे आफ्नो दिदीलाई विस्तृत रूपमा बताए। बहिनीको कुरा सुनेपछि दिदीले घटनाबारे आफ्नो माता-पितालाई बताए। घटनाबारे सबै कुरा थाहा पाएपछि तिनीहरू आरोपी शिक्षकको घरमा पुग्दा शिक्षकले नाबालिकको परिवारसित उल्टै दुर्व्यवहार गर्नको साथै धम्की समेत दिएको आरोप रहेको छ। यसपछि शिक्षक बिमार भएको नाटक गरेर नर्सिंग होममा भर्ती भए। अर्कोतिर, छात्राको परिवारपक्षले सोमवार राति उक्त स्कूल शिक्षक विरूद्ध थानामा लिखित अभियोग दर्ता गरेर शिक्षकलाई कठोर सजाय दिनु पर्ने मांग गरेको छ। आरोपी विरूद्ध पोक्सो एक्ट अन्तर्गत मामिला दर्ता हुने बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *